“काठमाडौँमा निर्वाचन कार्यालय स्थापना”कहाँ-कहाँ छ ?


काठमाडौँ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न क्षेत्रमा निर्वाचन कार्यालय स्थापना भई आवश्यक कामकारबाही सुरु भएको छ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरिएको छ र आज उम्मेदवारले मनोनयन पत्र दर्ता गर्न सक्नेछन्।

क्षेत्र नं १ को कार्यालय नयाँ बानेश्वरको सहकारी प्रशिक्षण केन्द्रमा, क्षेत्र नं २ को कार्यालय कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा, क्षेत्र नं ३ को कार्यालय गोकर्णेश्वर नगरपालिका–४ मा, क्षेत्र नं ४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका चपलीको ज्येष्ठ नागरिक समाज भवनमा, क्षेत्र नं ५ को कार्यालय टोखा नगरपालिकाको श्री समाज भवनमा, क्षेत्र नं ६ को कार्यालय तारकेश्वर नगरपालिकाको भवन धर्मस्थलीमा, क्षेत्र नं ७ को कार्यालय जुडोहल खुसिबु बालाजस बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा, क्षेत्र नं ८ को कार्यालय नागार्जुन नगरपालिका भवनमा, क्षेत्र नं ९ को कार्यालय चन्द्रागिरि नगरपालिकाको भवनमा र क्षेत्र नं १० को कार्यालय कीर्तिपुर नगरपालिका–२ बाघभैरव भवनमा स्थापना गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयले ललितपुर र भक्तपुरका लागि पनि कार्यालय स्थापना भई सञ्चालनमा आएको जनाएको छ।