कांग्रेसको टिकट: देउवाको क्षेत्रमा नौसिंह महरले लड्ने


काठमाडौँ ।

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता नौसिंह महर चुनावी मैदानमा उत्रने भएका छन्। सभापति गगन थापाले डडेलधुराका लागि महरलाई पार्टीको टिकट दिएका हुन्।

देउवाले आगामी चुनाव नलड्ने घोषणा गरेपछि, उनको निर्वाचन क्षेत्रमा प्रतिनिधित्व गर्ने जिम्मेवारी कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई दिएको हो।