काठमाडौँ ।
चर्चित पत्रकार ऋषि धमला पत्रकारिता छोडेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्। आम जनता पार्टीबाट मोबाइल चुनाव चिन्ह लिएर उनी रौतहट निर्वाचन क्षेत्र नं ४ बाट सोमबार मनोनयनका लागि प्रस्थान गरेका छन्।
उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जालमा धमलाको निर्णयप्रति गर्व र भावुकता व्यक्त गर्दै जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेर उनले राजनीति रोजेको बताएकी छन्। उनले उल्लेख गरेकी छन् कि लामो समय पत्रकारितामा सत्यका पक्षमा उभिएका धमलाको अनुभव, प्रखर बुद्धि र अडानले राजनीतिमा पनि सकारात्मक भूमिका निर्वाह गर्नेछ।
गौतमले यस यात्रा पदका लागि नभई जनसेवाका लागि भएको बताउँदै आफू सधैं साथमा रहने प्रतिबद्धता जनाएकी छन्।












प्रतिक्रिया