प्रतिनिधि सभा निर्वाचनमा नेपाली सेना एक महिना अघिदेखि तैनाथ


काठमाडौँ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थामा नेपाली सेना मतदानको एक महिना अघिदेखि फिल्डमा तैनाथ हुने भएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार, करिब सवा ३ लाख सुरक्षाकर्मी परिचालन हुनेछन्, जसमा करिब ८० हजार सेना, ३५ हजार सशस्त्र प्रहरी, ७१ हजार नेपाल प्रहरी र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी समावेश छन्।

सरकारले मतदानस्थल र केन्द्रको सुरक्षा नेपाल प्रहरीमार्फत् गर्नेछ भने बाहिरी सुरक्षा घेरामा सेना र सशस्त्र प्रहरी खटाइने तयारी छ। मतदान केन्द्रलाई सुरक्षा जोखिमअनुसार अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ।

मतपत्र छपाइदेखि कारागार र महत्वपूर्ण सरकारी संरचनासम्मको सुरक्षा व्यवस्थामा सेना खटाइने छ। सुरक्षा तयारी पूरा भइसकेको र अब सैनिक टोली फिल्डमा खटिन बाँकी रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्।