देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने


काठमाडौँ ।

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले सो जानकारी दिएका हुन्।

उनका अनुसार देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका हुन्। देउवा यसअघि डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका थिए।