जनकपुरधाम ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई आगामी प्रधानमन्त्री बनाउन जनकपुरधामबाट उद्घोष गरिएको छ । सोमवार जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित उद्घोष कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका पार्टी अध्यक्ष रवि लामिछानेदेखि अमरेश सिंह र रहबर अन्सारीलगायतका नेताहरूले देशमा परिवर्तन ल्याउन मधेसीका छोरा बालेन साहलाई प्रधानमन्त्री बनाउने उद्घोष गरे ।
उनीहरूले देशमा एउटै जाति, एउटै भेषभूषाका तीन÷चार जना सामन्ती शोषणकारी व्यक्तिहरूको कब्जामा देशको कार्यकारी पद प्रधामन्त्री कब्जामा रहेको टिप्पणी गर्दै अब रास्वपाले परिवर्तन गर्न खोजेकाले मधेसीका छोरा बालेनलाई प्रधानमन्त्री बनाउन मधेसी जनताअघि बढ्नुपर्ने बताए । रास्वपा अध्यक्ष रवि लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो– ‘अब हामीले देश बनाउने बालेन साहजस्ता योद्धा पाएका छौं, देश परिवर्तनका लागि बालेनलाई प्रधानमन्त्री बनाऔंै । बालेनसँगको ५ मिनेटकै भेटघाटमा बुझिसकेका थियौँ उहाँले देशमा परिवर्तन ल्याउन सक्छन् भनेर ।
अब मलाई चिन्ता छैन, म कुन बेला जेल जान्छु, तर देशलाई एउटा काम गर्ने परिवर्तनकारी मधेसका सच्चा नेपाली योद्धा दिइरहेका छौं ।’ उहाँले देशको सम्मुनति र विकासका साथै सामन्तवाद परिवर्तनका लागि दुई तिहाई बहुमतसहित रास्वपा संसद्मा जानेछ र काम गर्ने सरकारको नेतृत्व पाउनेछ भन्ने कुराको बीजारोपण मधेसबाट भइसकेको सभामा देखिएको भीडले देखाएको जिकिर गर्नुभयो ।
यस्तै, पार्टीका नेता स्वर्णिम वाग्लेले भन्नुभयो– ‘राष्ट्रको समुन्नत विकास र समृद्धिका लागि हामी चिन्तित थियौं, भोली देश कहाँ जाला तर अब त्यो चिन्ता परिवर्तनकारी योद्धा मधेसका छोरा बालेन साहप्रति यस जनकपुरधाममा देखिएको उत्साहले पूरा भएको छ । देश हाँक्ने इन्जिन मधेसबाट पाइसकेको छ । यसलाई पूरा गर्ने अवसर मधेसी जनताको हातमा छ ।’
नेता डीपी अर्यालले मधेसलाई अधिकार सम्पन्न र देशलाई विकास तथा समृद्धितर्फ डोहो¥याउन बालेन साहको नेतृत्वमा सरकारमा बनाउन सहयोग गर्न सभामा अपिल गर्नुयभो । निर्वतमान स्वतन्त्र सांसद अमरेश सिंहले सभामा बोल्दै रास्वपाले अघि सारेको नेतृत्व र वैकल्पिक राजनीतिक धार प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका बालेन साहलाई सहयोग गरी देशलाई नयाँ दिशामा लैजान जरूरी रहेको बताउनुभयो ।
कार्यक्रममा तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सांसद रहबर अन्सारी, सोभिता गौतमलगायतका वक्ताहरूले पनि देशमा यदि परिवर्तन चाहने हो भने मधेसका सपूत बालेन साहलाई प्रधानमन्त्री बनाउन जरुरी रहेको र यसको सुरुवात मधेसबाटै गरौं भन्दै अपिल गरेका थिए ।
परिवर्तन चाहने हो भने समाजवाद स्थापित गरौं : बालेन
रास्वपाका वरिष्ठ नेता बालेन साहले जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै भन्नुभयो – ‘संघीयतामाथि प्रश्न उठ्ने क्रम बढिरहेका बेला संघीय संरचनालाई कमजोर होइन, थप सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको छ । जसका लागि समान्तवादी सोच होइन असल समाजवाद स्थापित गर्न जरुरी छ ।’
राष्ट्रिय झण्डा काँधमा राखेर मातृभाषा मैथिलीमा सम्बोधन गरेका बालेनले प्रदेशलाई अधिकारका लागि काठमाडौं धाउनुपर्ने अवस्था आफैंमा गलत रहेको भन्दै र यो संघीयता होइन, सामन्ती केन्द्रीकृत प्रवृति रहेकाले यसको अन्त्य गर्न जरूरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जनकपुरधाम प्रदेशको राजधानी हो । तर, प्रदेशका राजधानी रहेका जनकपुरधाम उपमहानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत फेर्न काठमाडौं जानुपर्ने बाध्यता छ, यो कस्तो संघीयता हो ? काठमाडौं अधिकार माग्न जानुपर्ने ठाउँ होइन, घुम्न जाने ठाउँ हो—पशुपति, स्वयम्भू हेर्न जाने हो, अधिकार माग्न होइन ।’
उहाँले आफूले काठमाडौं महानगरपालिकामा मेयर रहेको बेला ३५ वटा एम्बुलेन्स दिएका, २० हजारभन्दा बढी बालबालिकालाई काठमाडांैस्थित महँगा स्कुल क्याम्पसमा पढन स्कलरसीप दिलाएको लगायतका कामहरू गरेको दाबी गर्दै भन्नुभयो– ‘त्यो हो असल समाजवाद, यस्तै समाजवाद मधेस र देशमा स्थापित गर्न जरुरी छ । जसका लागि सामाजिक रूपान्तरण आवश्यक रहेको छ ।’
उहाँले मधेसीले देशमा मधेसीको छोरा प्रधानमन्त्री बन्ने देखेका सपना पूरा गर्न आएका हौं भन्दै परिवर्तनका लागि काम गर्न आएकाले मलाई यहाँका मधेसी जनता त्यो सपना पूरा गर्नेछ जस्ता भावुक भाषण गर्दै मैथिलीमा भन्नुभयो– ‘मधेसी जनता सभ मधेसीके बेटा के प्रधानमन्त्री बनए देखने अछि ओ सपना पूरा करबाक लेल हम आएल छी, हमरा दुई तिहाई सँ बेसी मत सँ जिताऊ, हम प्रधानमन्त्री नहि बनब त यी मधेसी के हार होइत ।’
साथै उहाँले राम–जानकी विवाह भएको ऐतिहासिक भूमि जनकपुरलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्य बनाउन नसकिएकोमा दुःख व्यक्त गर्दै भन्नुभयो– ‘म काठमाडौं महानगरपालिकाको मेयर हुँदा काठमाडौंमा परिवर्तन गरेको छु । मधेसमा किन परिवर्तन गर्न सक्दिन ? अब चुप बस्दैनौं अधिकार र विकासका लागि लड्नेछु ।’
‘रास्वपाले मधेसमा प्रभाव पार्न सक्दैन’
लोकतन्त्र र संघीयतावादी भन्ने दलहरूले रास्वपाले बालेनको अनुहार अगाडि सारेर पनि आउँदैमा चुनावमा केही असर पार्न सक्दैन दाबी गरेका छन् ।
जसपा नेपालका नेता परेश्वर साहले भन्नुभयो– यो भन्दा बढी भीड त मधेस आन्दोलनपछि भएका सभाहरूमा भएको थियो । तर, के भयो, आज सोही अवस्था रास्वपामा देखिएको छ । रास्वपाको संगठन र प्रभावशाली उम्मेदवार नभएकाले प्रत्यक्षतर्फ केही असर पार्दैन । तर, समानुपातिकतर्फ चाहिँ केही झुकाव यहाँको जनतामा हुन सक्छ ।’
यस्तै, नेपाली कांग्रेसका नेता जीवनाथ चौधरीले रास्वपाले मधेसी अनुहार देखाएर मधेसी जनतालाई ठग्ने प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘रास्वपाको विधानमा कतै मधेसी शब्द उल्लेख छैन, पार्टी अध्यक्ष रवि लामिछाने सहकारी ठगीलगायतका घटनाले पार्टी डुब्न लागेको देखेर मधेसी अनुहारलाई अगाडि बढाएर मधेसमा स्पेस लिन खोजिरहेको छ, यसले निर्वाचनमा केही असर पार्दैन ।’











प्रतिक्रिया