काठमाडौँ
नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले हेटौँडामा अत्याधुनिक विद्युतीय ओरिजिन एसयुभि बीई ६ र एक्सईभी ९ई सार्वजनिक गरेको छ । हेटौँडा उपमहानगरपालिका–७, न्युरेनीस्थित महिन्द्रा सोरुममा आयोजित कार्यक्रममा यी विद्युतीय सवारी साधनहरू हेटौँडा तथा आसपासका क्षेत्रीय बजारलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, ट्राफिक प्रहरी प्रभाग हेटौँडाका प्रहरी निरीक्षक बचु राम फुँयाल, ग्राहकवर्ग तथा कम्पनीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्ममा आधारित यी एसयुभि महिन्द्रा आर्टिफिसियल इन्टेलिजेन्स आर्किटेक्चर (माइया) प्रणालीद्वारा सञ्चालन हुन्छन् । कम्पनीका अनुसार बीई ६ र एक्सईभी ९ई को हेटौँडामा गरिएको क्षेत्रीय सार्वजनिकरणले विद्युतीय सवारी क्षेत्रमा नयाँ यात्राको सुरुवात गरेको छ ।
यी दुवै विद्युतीय एसयुभि पहिलो पटक सन् २०२५ मा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो मार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो। त्यसयता ‘बोर्न इलेक्ट्रिक भेहिकल’ को रूपमा परिचित यी मोडेलहरूले प्रदर्शन क्षमता, बुद्धिमत्ता, आकर्षक डिजाइन र दिगोपनाको संयोजनका कारण नेपाली उपभोक्तामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै आएका छन् । हालै एक्सईभी ९ई ले इन्डियन कार अफ द इयर २०२६ अन्तर्गत ‘ग्रिन कार अफ द इयर २०२६’ अवार्ड समेत प्राप्त गरेको छ ।
अग्नि समूहले विद्युतीय सवारी साधनप्रति बढ्दो मागलाई ध्यानमा राख्दै महिन्द्राको बोर्न इलेक्ट्रिक लाइनअप लाई उपत्यका बाहिरका प्रमुख सहरी केन्द्रमा विस्तार गर्ने रणनीति लिएको जनाएको छ । हेटौँडामा गरिएको यो सार्वजनिकरण सोही रणनीतिक योजनाको महत्वपूर्ण हिस्सा भएको कम्पनीको भनाइ छ ।
अग्नि समूहका अनुसार विद्युतीय यातायात नेपालका लागि दिगो विकास र ऊर्जा आत्मनिर्भरताको दिशामा महत्वपूर्ण आधार हो। क्षेत्रीय सहरहरूमा यस्ता अत्याधुनिक सवारी साधन उपलब्ध गराउँदा दीर्घकालीन आर्थिक तथा वातावरणीय लाभ सिर्जना हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
डिजाइनतर्फ, बीई ६ र एक्सईभी ९ई दुबै मोडेलले महिन्द्राको हार्टकोर डिजाइन दर्शन झल्काउँछन् । बीई ६ मा स्पोर्टी र एथलेटिक स्वरूप देखिन्छ भने एक्सईभी ९ई ले लक्जरी एसयुभि कुपे शैली प्रस्तुत गर्छ। शक्तिशाली कार्यक्षमता, स्मार्ट कनेक्टेड प्रविधि, एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (स्तर २ र २+), अटो पार्किङ सुविधा, ट्रिपल स्क्रिन डिस्प्ले तथा हार्मन कार्डन साउन्ड सिस्टम जस्ता विशेषताले यी मोडेललाई प्रिमियम विद्युतीय एसयुभिको रूपमा स्थापित गरेका छन् ।
मूल्यका हिसाबले बीई ६ को सुरुवाती मूल्य रु. ५७ लाख र एक्सईभी ९ई को रु. ६९ लाख तोकिएको छ । दुबै मोडेल विभिन्न भेरियन्टमा उपलब्ध रहेका छन् र सबै भेरियन्टका लागि बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ ।











प्रतिक्रिया