“डेम्बेलेको गोलले पीएसजी जित्यो”


पीएसजीको १८ खेलबाट ४२ अंक भएको छ र यो दोस्रोमा रहेका लेन्समाथि दुई अंकको अग्रता हो ।

काठमाडौँ ।

चोटबाट फर्किँदै गरेका ओसमन डेम्बेलेको उत्कृष्ट प्रदर्शनको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा लिलालाई शुक्रबार राति ३–० ले पराजित गरेको छ।

डेम्बेलेले १३ र ६४ औं मिनेटमा गोल गर्दै टिमको जितमा मुख्य भूमिका निभाए। दोस्रो हाफको इन्ज्युरी समयमा ब्राडली बारकोलालले पीएसजीको तेस्रो गोल गरे।

यो जितपछि पीएसजी १८ खेलमा ४२ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ, दोस्रो स्थानको लेन्समाथि दुई अंकको अग्रता कायम गरेको छ। डेम्बेले हाल बेलन डे अर जितेयता घाइते भइसकेका थिए र पूर्ण रूपमा निको हुने प्रयासमा छन्।