बाजुरा।
मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनीधि सभासदस्य निर्वाचन स्वच्छ, निपक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न चुनावी स्वच्छता फर्काउने बताएका छन् । शुक्रवार दिउसो एक कायृक्रमका वीच मुख्य निर्वाचन अधिकृतको कार्यलय कृषी ज्ञान केन्द्र मार्तडी बाजुराको सभाहलमा उद्घाटन गरेसंगै उक्त अभिब्यक्ती दिएका हुन् ।
बाजुरा जिल्लामा विगतका निर्वाचनभन्दा स्वच्छ मर्यादित र भयरहित बनाउन चुनावी स्वच्छता फर्काउन आवस्यक छ उनले भने । विगतका निर्वाचनमा बाजुरा निर्वाचन बारे सुन्दा त्यति सुखद देखिएन , आगामी निर्वाचनलाई भयरहित बनाउन जिल्लाको सम्पूर्ण शक्तीको सकरात्मक सोच हुन आवस्यक छ । अझ निर्वाचनलाई स्वच्छ निस्पक्षरुपमा सम्पन्न गर्न नागरिकको महत्वपूर्ण भुमिका रहन्छ । विगतका निर्वाचनमा भएका कमीकमजोरी स्थानीय वासिन्दा तपाइहरुले पनि लिनुपर्छ । जिल्ला स्थित कार्यरत पत्रकारलाई ईङ्कित गर्दै भने । निर्वाचन राज्यले गराउने जिम्मा नागरिकले लिने भन्ने सन्दर्भमा मुख्य निर्वाचन अधिकृत पोखरेलले भने- निर्वाचनमा मिडिया र स्थानीय नागरिकको भुमिका के रहयो त्यस्मा भरपर्छ । हामी सत्य तथ्य र निश्पक्ष सूचना सम्प्रसण होस् भन्ने चाहान्छौं। सबैको भुमिका निर्वाचन सफल पार्ने रहनु पर्छ । तपाईहरुले कस्तो सूचना सम्प्ररेसण गर्नुहुन्छ त्यसमा पनि भरपर्छ उनको भनाई थियो ।
माथिको निर्देशन अनुसार जहाँ जे अवस्थामा साधानश्रोत उपलब्ध हुन्छ त्यहीको साधानश्रोत परिचालन गरेर निर्वाचन कार्य सफल पार्नुछ , निर्वाचन कार्यलयको लागि कृषी ज्ञान केन्दले भवन उपलब्ध गराएको छ। । त्यस्तै अन्य साधान श्रोत पनि समन्वय गरेर ब्यबस्थापन गर्दै जानेछौं उनले भने ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता कार्यान्वयन, मतदाता नामावली अद्यावधिक, उम्मेदवारी दर्ता, मतदान केन्द्र व्यवस्थापन, सुरक्षा संयन्त्रको समन्वय तथा मतगणना सम्बन्धी सम्पूर्ण तयारीलाई व्यवस्थित ढंगले अघि बढाउने बताए । जिल्लाको भौगोलिक विकटता, दुर्गम बस्ती र यातायात चुनौतीलाई ध्यानमा राख्दै विशेष रणनीति अपनाइएको छ ,मुख्य निर्वाचन अधिकृत पोखरेलले भने ।
निर्वाचनका सावलमा बाजुरा उच्च जोखिममा छ भन्छन् अहिलेको अवस्था के छ नेपाल समाचारपत्रकर्मीको जिज्ञाषामा मुख्य निर्वाचन अधिृकृत पोखरेलले भने । तिन महिना यता कुनै अपराधिक घटना छटेका छैन, जिल्लाको शान्ति शुरक्षाको अवस्था अब्बल छ । निर्वाचनमा चाहिले एक हजार निर्वाचन प्रहरीकालागि बाह्रसय बढी दरखास्त परेका छन् । अन्यत्र जिल्लाको जस्तो पुनः विज्ञापन खोल्नुपर्ने अवस्था छैन। मतदाताको मौसमी वसाइँसराइँले कत्तिको असर पार्छ भन्ने जिज्ञाषामा फागुन अन्तिमतिर भएकाले मौसमी वसाइँसराइँले त्यति असर पार्देन तल वेशी झरेका समुदाय त्यतिसम्म आफ्नो थातथलोमा उक्ली हाल्छन् निवाृचन अधिकारी पोखरेलको भनाई थियो ।
जिल्लाको निर्वाचन पनि निश्पक्ष मर्यादित वनाउनु पर्नेछ यता शान्ति पनि फर्काउनु पर्नेछ प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भने । हामी स्वच्छ निर्वाचनका लागि प्रतिवद्ध छौं , शुरक्षा अवस्था मज्वुत छ। उनको भनाई थियो । बाजुरा निवाृचनका सावलमा उच्च जोखिममा पथ्यो यो वर्ष के छ अवस्था भन्ने जिज्ञाषामा उनले भने अहिले त्यो वारे सार्वजनिक गर्नमिल्दै । जिल्लाको शान्तिशुरक्षा बारे पुनः दोहो¥याउँदै भने अहिले अब्बल छ । तर हालै सम्पन्न धनगढीको शुरक्षा गोष्ठीमा बाजुराको सिडियो भन्दा सबैले मेरो मुखमा हेर्थे, यसले बाजुराको विगतका निर्वाचनको झल्को दिएको महशुसभयो उनले भने । आगामी निर्वाचनमा हामी कसैको ईसारामा चल्दैनौ , निर्वाचन आचारसंीहता र मौजुदा कानुन अनुसार हामीले काम गर्छौं तपाईहरले साथ दिनुपर्छ प्रजिअ निरौलाले भने ।
आगामी फागुन २१ गते निर्वाचनका लागि बाजुरामा ८७८६१ मतदाता छन् जस्मा ४५४२८ पुरुष र ४२४३१ महिला छन् जिल्ला निर्वाचन अधिकृतको कार्यालय बाजुराका कार्यालय प्रमुख भिम वहादुर शाहीले भने । आगामी निवार्चन निश्पक्ष धाँधलीरहित बनाउन राजनिितक दल आम नागरिक र निर्वाचनसंग सम्वन्धित राज्यसंयन्त्र सबेले अहम् भुमिका निर्वाग गर बाजुरामा चुनावी स्वच्छता फर्किन्छ उनले भने ।











प्रतिक्रिया