गगन थापा समूहलाई निर्वाचन आयोगबाट तत्काल बाहिर निकाल्न देउवा समूहको चेतावनी


काठमाडौँ।

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएकाे छ ।

अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना दिइरहेका हुन् । थापा समूह आयोग परिसरभित्र र देउवा समूह भने बाहिर धर्ना दिएकाे छ। बाहिर रहेका देउवा समूहले थापा समूहलाई बाहिर ननिकालिए आफूहरू भित्र पस्ने चेतावनी दिएका हुन्।

दुई समूहको धर्नाले आयोग बाहिर रहेको सडकमा सवारी आवागमन अस्तव्यस्त बनेको छ ।