काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ। शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आयोग पुगेको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्तासम्बन्धी निवेदन तथा प्रमाण पेस गरेको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशन विधानसम्मत नभएको दाबी गर्दै देउवा समूह आयोग पुगेको हो। विशेष महाधिवेशनका लागि आवश्यक प्रमाण नपुगेको आधारमा हस्ताक्षर फिर्ताको प्रमाण बुझाइएको कार्यवाहक सभापति खड्काले जानकारी दिए।











प्रतिक्रिया