काठमाडौँ ।
गोरखामा रोकेर राखिएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड गरिएको छ। भिमसेन थापा गाउँपालिका–३ मा पार्किङ गरी राखिएको परियारको गाडीमा गए राति अज्ञात व्यक्तिले तोडफोड गरेका हुन्।
परियारले गाडीमा तोडफोड भएको जानकारी पाएलगत्तै स्थानीय प्रहरीलाई खबर गरेका छन्। प्रहरीले घटनास्थल पुगेर क्षतिको विवरण संकलन गर्नुका साथै घटनामा संलग्नको खोजी सुरु गरेको जनाएको छ।
गाडी तोडफोडको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। राजनीतिक व्यक्ति लक्षित घटनाका रूपमा हेर्न थालिएको यस घटनाले स्थानीय क्षेत्रमा चासो बढाएको छ।











प्रतिक्रिया