उदयपुर।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ सिरुवानी गाउँको एक दलित परिवारको घरमा बिहीबार बिहान ३ बजे अचानक आगलागी हुँदा खसी बाख्रा घरगोठ जलेर करिब ११ लाख ५७ हजारको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बिहीबार बिहान ३ बजे त्रियुगा नगरपालिका वडा नं १६ मा पर्ने सिरुवानी गाउँका राम बहादुर विश्वकर्माको घरमा चुल्हेमा आगो फुक्ने क्रममा सो आगलागी भएको हो ।
आगलागीबाट घरगोठ, अन्नपात, लत्ता कपडा भाडा वर्तन लगायतका सामान जलेर नष्ट भएको छ भने ३५ थान खसी बाख्रा पाठापाठी समेत आगलागीमा परेर जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । टिनको छानो भएको काठ र ढुंगा माटोले बनेको घर भएकोले आगो छिटो सल्किएको र बिहान ३ बजेको घटना भएकोले समयमा आगो नियन्त्रणमा लिन नसकिएकोले घरभित्र रहेको नगद १ लाख,सुनचाँदीका गहना लगायतका अन्य सबै समान, खोरमा रहेको खसी बाख्रा समेत जम्मा ११ लाख ५७ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगलागी पश्चात् प्रहरीलाई खबर गरिएकोले उज्यालो भएपछि स्थानीय मानिस, नेपाल प्रहरी लगायतकाको सहयोगमा बिहान साढे आठ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया