काठमाडौं ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वको अभिलेख अद्यावधिक गर्न गगन–विश्व समूह आज निर्वाचन आयोग जाने भएको छ । नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठकपछि गरिएको निर्णयसहित आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले जानकारी दिए । उनका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आयोगमा कागजात बुझाइनेछ ।
बुधबार सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति घोषणा गरेको थियो । यद्यपि संस्थापन पक्षले गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूलाई पाँच वर्षका लागि कारबाही गरेको जनाएको छ ।











प्रतिक्रिया