काठमाडौँ ।
सगरमाथा फुटबल एकेडेमीको आयोजनामा वार्षिक रूपमा सञ्चालन हुँदै आएको ‘विन्टर क्याम्प’ यस वर्ष पनि औपचारिक रूपमा सुरु भएको छ ।
पुस २७ गतेदेखि सुरु भएको उक्त क्याम्प माघ ३ गतेसम्म सञ्चालन हुने एकेडेमीले जनाएको छ । अण्डर–५ देखि अण्डर–१४ उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी आयोजना गरिएको यस क्याम्पमा फुटबलका आधारभूत सीप विकास र प्रतिभावान खेलाडीको पहिचानलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
क्याम्प अवधिभर अनुभवी तथा प्रमाणित प्रशिक्षकहरूले सहभागी बालबालिकाहरूलाई आधारभूतदेखि उन्नत स्तरसम्मको व्यावसायिक फुटबल प्रशिक्षण प्रदान गर्नेछन् । एकेडेमीले यस वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत एक विशेष घोषणा समेत गरेको छ । ्
आर्थिक रूपमा कमजोर तथा प्रशिक्षण शुल्क तिर्न असमर्थ बालबालिकालाई निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । एकेडेमीका उपाध्यक्ष यमन श्रेष्ठले खेलकुदमा सबैको पहुँच पु¥याउनु नै क्याम्पको मुख्य उद्देश्य रहेको बताए । उनले भने, “फुटबल सबैका लागि हो भन्ने मान्यताका साथ हामीले हरेक वर्ष यो क्याम्प आयोजना गर्दै आएका छौं ।
आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पनि समान अवसर प्रदान गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।” यस क्याम्पले सानै उमेरमा खेलाडीहरूको प्राविधिक क्षमता निखार्न र नेपाली फुटबलको जग बलियो बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।











प्रतिक्रिया