काठमाडौँ ।
मुस्ताङमा अत्यधिक चिसो बढेसँगै विकास निर्माणका सबैजसो काम ठप्प भएका छन् । हिउँदयाममा तापक्रम माइनस २० डिग्रीसम्म झरेपछि पाँचवटै स्थानीय तहमा सञ्चालनमा रहेका सडक, पुल तथा अन्य पूर्वाधार निर्माणका काम रोकिएका हुन् ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सडक तथा पुल निर्माण चिसोका कारण स्थगित गरिएको आयोजनाले जनाएको छ । कोरला सडक खण्डअन्तर्गत कागबेनी–छुसाङ सडक स्तरोन्नति र घमी खोला पुल निर्माणजस्ता आयोजनाको काम चैतपछि मात्रै पुनः सुरु हुने बताइएको छ ।
अत्यधिक चिसोका कारण संघीय, प्रदेश र स्थानीय तहका दर्जनौँ विकास योजना प्रभावित बनेका छन् भने अधिकांश सरकारी कार्यालयका कर्मचारी पनि जिल्लामा बस्न छाडेका छन् । चिसो कम भएपछि वैशाखदेखि विकास निर्माणका काम अघि बढाउने तयारी रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।











प्रतिक्रिया