कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


काठमाडौँ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । भोलि (मंगलबार) बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा आमन्त्रित केन्द्रीय सदस्य तथा सातै प्रदेशका सभापतिलाई बोलाइएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा जारी रहेको विशेष महाधिवेशनका कारण पार्टी विभाजनको जोखिम बढिरहेका बेला बैठक बोलाइएको हो ।