नौ बुँदे घोषण पत्र जारी गर्दै जिल्ला बाल भेला सम्पन्न

846
Shares

कालिकोट  । 

“बालबालिकामा लगानी सुनौलो भविष्यको थालनी” भन्ने मूलनाराका यस जिल्लामा शनिवार उद्घाटन भएको दुईदिने जिल्ला स्तरीय बाल भेला नौ बुँदे घोषण पत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ । 

जिल्ला स्तरीय बाल भेलाले नेपालको संविधान, २०७२ बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ र  राष्ट्रिय कानुनले प्रत्याभुत गरेका बाल अधिकारहरुको सम्मान, संरक्षरण र प्रवद्र्धनका लागि घोषणपत्र जारी गर्नुका साथै जिल्ला बाल सञ्जालको पुर्न गठन समेत गरेको हो ।

जिल्ला बाल सञ्जालका सहसचिव रेजिना सकार्की अध्यक्षतामा उद्घाटन भएको बाल भेलाबाट जारी घोषणा पत्रमा कालिकोटमा अझैपनि बालविबहा, छाउपडि प्रथा हुने गरेको तथ्याङ्कलाई विचार गदै यस्ता सामाजिक कुसंस्कारले बालबालिकाको पढाइ स्वास्थ्य र विकासमा प्रतिकुल प्रभाव पारेकाले यसलाई अन्त्यका लागि विवाहवारी २० वर्ष पारि भन्ने नारालाइ सामर्थ्य बनाउन हामी सबैको पहल गरिने,सबै बालबालिकालाई गुणस्तरीय, समावेशी र निःशुल्क आधारभूत शिक्षा सुनिश्चित गर्न सम्बन्धित  र विद्यालय छाड्ने दर न्यूनीकरण गर्न बालमैत्री शिक्षण वातावरणको विकासमा सहयोग गर्ने,४ देखी १२  बर्ष उमेर बालबालिकाहरुलाई विद्यालयमा भर्ना, विषयगत शिक्षाक र शिक्षामा सुधार  अनिवार्य  तथा निशूल्क शिक्षा सुनिश्चित गर्नका लागि पहल गर्ने,सबै बालबालिकाको स्वास्थ्य सेवा र पोषणमा समान पहुँचको माग, विद्यालय तथा समुदायमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको प्रवर्द्धन र मानसिक स्वास्थ्य र किशोर स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न पहल गर्ने,हिंसाबाट प्रभावित बालबालिकाको संरक्षण, उद्धार र पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग सहकार्य र यौनिक  तथा लैङ्गिक अल्पसंख्याक बालबालिका र समुदायहरूको अधिकारको लागि समुदाय,विद्यालय र सरोकारवाला निकायहरुसंग  सहकार्य गर्दै लैङ्गिक समानताको सवालमा पैरवी गर्ने उल्लेख गरिएको छ ।

यस्तै स्थानीय तहदेखि जिल्लास्तरका निर्णय प्रक्रियामा बाल सहभागिता सुनिश्चित, बाल क्लब, बाल सञ्जाल र बाल समितिहरूलाई सशक्त बनाउँदै नेतृत्व विकास, बालमैत्री सूचना तथा प्रविधिमा सुरक्षित पहुँचको अधिकार सुनिश्चित गर्न पहल गर्ने,बालबालिकाको अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षणको पैरवी र साइबर हिंसा तथा दुरुपयोग विरुद्ध सचेतना र संरक्षण संयन्त्रको अभिमुखीकरणका लागि पहल गर्ने,शिक्षा, स्वास्थ्य, पोषण, खेलकुद, संरक्षण र बाल सहभागितासँग सम्बन्धित स्पष्ट बजेट शीर्षक छुट्याउन स्थानीय तहसँग माग, स्थानीय बजेटमध्ये बालबालिकाको सर्वाङ्गीण विकासका लागि न्यूनतम प्रतिशत सुनिश्चित गर्न पैरवी गर्ने र बालमैत्री बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रियामा बाल आवाज समेटिनुपर्ने माग र बाल क्लबमार्फत लक्षित समूह, अनुमानित बजेटका लागि पैरवी गर्ने उल्लेख गरिएको छ ।

प्लान इन्टरनेष्नल नेपालको सहयोग,हुरेन्डेक नेपालको आयोजना, किर्डाक नेपाल,सदा नेपालको बालविवाह विरुद्ध साझा अभियान सञ्जाल कालिकोटको सहकार्यमा आयोजित बाल भेलाबाट झरना बमको अध्यक्षतामा १५ सदस्यीय जिल्ला बाल सञ्जाल सर्वसहमत गठन भएको आयोजक हुरेन्डेक नेपाल कालिकोटका ब्यवस्थापक दिलिपकुमार शाहीले जानकारी गराएका छन् ।

उनका अनुसार सञ्जालको उपाध्यक्षमा रुविना विक, सचिव पूजा बम,सह–सचिव अनिता योगी, कोषाध्यक्ष उपासना विष्ट रहेका छन् । 

यसैगरी सदस्यहरुमा दीपेन्द्र देवकोटा,दमन संज्याल, सुदर्शन सिम्खाडा,बन्दना शाही,लोकेश अधिकारी,रेनुका पोख्रेल,बिन्दु सिमखाडा,जानकी बुढा ,धर्म तिरुवा र प्रतिसा विष्ट चयन भएका छन्  ।