काठमाडौँ
हुन्डाइ नेपालले विश्वास, आधुनिक प्रविधि र ग्राहक–पहिलो मोबिलिटीलाई प्राथमिकतामा राख्दै सन् २०२६ को सुरुवात आत्मविश्वासका साथ गरेको छ । देशकै सबैभन्दा विश्वासिलो र प्रगतिशील अटोमोबाइल ब्रान्डहरूमध्ये एकका रूपमा ह्युन्डाइ नेपालले ग्राहकको भरोसा, स्मार्ट यातायात समाधान र दीर्घकालीन मूल्यमा केन्द्रित रणनीतिलाई निरन्तर सुदृढ गर्दै आएको छ ।
देशव्यापी रूपमा विस्तार हुँदै गएको डिलर तथा सेवा सञ्जालका कारण ह्युन्डाइ नेपाल हजारौँ नेपाली परिवारका लागि विश्वसनीय ब्रान्डका रूपमा स्थापित भएको छ । विश्वसनीयता, सुरक्षा र मानसिक शान्तिका कारण ह्युन्डाइ नेपाली घरपरिवारको रोजाइ बन्दै आएको छ । कम्प्याक्ट ह्याचब्याकदेखि प्रिमियम एसयुभी र विद्युतीय सवारीसम्म समेटिएको ह्युन्डाइको विविध उत्पादन पोर्टफोलियोले जीवनका हरेक चरणका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउँदै आएको छ ।
विगतका वर्षहरूमा ह्युन्डाइ नेपालले नेपालको आधुनिक अटोमोबाइल संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ब्रान्डले नेपाली सडक र स्थानीय अवस्थाअनुकूल विश्वस्तरीय मोडेलहरू भित्र्याउँदै आएको छ भने बिक्रीपछिको सेवा, जेनुइन पाट्र्स तथा दक्ष प्राविधिकको विकासमा पनि निरन्तर लगानी गर्दै आएको छ ।
नेपाल स्वच्छ र स्मार्ट मोबिलिटीतर्फ अग्रसर हुँदै गर्दा ह्युन्डाइ विद्युतीय सवारी साधनको प्रवद्र्धनमा अग्रपंक्तिमा रहँदै आएको छ । क्रेटा इभी र कोना इलेक्ट्रिक जस्ता मोडेलमार्फत ह्युन्डाइले उच्च प्रदर्शन, किफायती मूल्य र दिगोपनबीच सन्तुलन खोज्ने ग्राहकलाई आकर्षित गर्दै आएको छ ।
सन् २०२६ का लागि ब्रान्डको दिशाबारे बोल्दै ह्युन्डाइ नेपालका एक प्रवक्ताले भन्नुभयो, “ह्युन्डाइ नेपाली ग्राहकका लागि केवल कार ब्रान्ड मात्र होइन, दीर्घकालीन मोबिलिटी साझेदार हो । नयाँ वर्षमा प्रवेशसँगै हामी उन्नत प्रविधि, भरपर्दो स्वामित्व अनुभव र प्रत्येक ह्युन्डाइ परिवारका लागि अर्थपूर्ण मूल्य प्रदान गर्न प्रतिबद्ध छौँ ।”
नवप्रवर्तन, सुरक्षा र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै ह्युन्डाइ नेपालले सन् २०२६ र त्यसपछि पनि नेपाली सडकमा आत्मविश्वास र प्रगतिलाई निरन्तर अघि बढाउने विश्वास व्यक्त गरेको छ ।











प्रतिक्रिया