काठमाडौँ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा केही बेरअघि बन्दसत्र औपचारिक रूपमा प्रारम्भ गरिएको हो।
बन्दसत्र हलमा पार्टीका दुवै महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा उपस्थित भइसकेका छन्। कार्यतालिका अनुसार बन्दसत्रमा थापाले साङ्गठनिक प्रतिवेदन तथा शर्माले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।
बन्दसत्रमा नीति तथा नेतृत्व, समसामयिक राजनीतिक अवस्था, पार्टीको संरचनात्मक सुधार लगायत चारवटा प्रमुख एजेन्डामाथि छलफल हुने जनाइएको छ।
केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसप्रति असहमति जनाउँदै महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन सञ्चालन भइरहेको छ।











प्रतिक्रिया