नेप्लिज फेसन होमको आयोजनामा आगामी माघ ५ गते राजधानीमा हुने प्रतिभामूलक प्रतिस्पर्धा मिस लिटिल नेवाको १५ औं संस्करणअन्तर्गत राजधानीमा ट्यालेन्ट शो सम्पन्न भएको छ।
शोमा मिस लिटिल नेवामा सहभागी ९ देखि १३ वर्षका २० प्रतिस्पर्धीले नृत्य, स्केटिङ, जिम्न्यास्टिक, चित्रकला, भ्वाइलीन वादन, धिमे वादन, चर्या नृत्य, कुमारी नृत्य, वज्रयोगिनी नृत्य, स्केचजस्ता विविध प्रतिभा प्रदर्शन गरेर निर्णायक र अभिभावकलाई आकर्षित गर्ने प्रयास गरे। प्रतियोगितामा आन्या महर्जन, सुरवी बज्राचार्य, सफू बज्राचार्य, नेभा डंगोल, समृद्धि खड्गी, अर्शिया महर्जन, देजला शाक्य, रिपान्शी श्रेष्ठ, सचिका महर्जन, रोजलिन शाक्य, श्रीषा श्रेष्ठ, क्रिस्टिना खड्गी, श्रेया बलामी, प्रिन्सिका शाही, आरोग्या महर्जन, सहिना शाक्य, विदिशा महर्जन, क्रिस्टिना महर्जन, संस्था मानन्धर र लिडिया महर्जनले प्रतिस्पर्धा गर्दै छन्।
शोमा अधिवक्ता लक्ष्यमान महर्जन, लायन्स क्लब काठमाडौं डिष्ट्रिकका सल्लाहकार मनकृष्ण श्रेष्ठ, डा. शिक्षिता श्रेष्ठ, नमुना फेसन कलेजका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, बाँसुरीवादक सचिन महर्जन, नेवारी फिल्मकी अभिनेत्री हिसिला महर्जन, नेवार भाषा प्रशिक्षक राजु नापित र मिस लिटिल नेवा नयना शाक्य निर्णायक रहेका थिए।
आयोजक संस्था नेप्लिज फेसन होम तथा फाइट फर लाइफ नेपालकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व, आरडी फाउन्डेसनका फाउन्डर डा. देवकाजी डंगोलको प्रमुख आतिथ्यता, ज्यापू समाज यलका अध्यक्ष सन्तमान महर्जन, को–अर्गनाइजर दिलकुमार महर्जनलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा ब्युटिसियन सोनी रञ्जितकार र मिना श्रेष्ठले सहभागीको हेयर तथा स्किन टेस्ट गरेका थिए।
प्रतियोगिता मिस नेवा सकिना महर्जन र प्रलिशा शाक्य तथा मिस नेवा सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवा कृषा महर्जनको संयोजनमा सम्पन्न हुनेछ।











प्रतिक्रिया