लोकप्रिय सञ्चारकर्मी, कार्यक्रम सञ्चालक, रेडियो नेपालका पूर्व अ“ग्रेजी समाचारवाचक एवं सम्पादक माइकल (हरिशचन्द ठकुरी) चन्दको गत शुक्रबार बिहान ७७ वर्षको उमेरमा निधन भएको छ।
स्व. चन्द नेपालकी प्रथम अभिनेत्री भुवन चन्दका पति हुन्। लामो समयदेखि चौथो स्टेजको क्यान्सरस“ग जुधिरहेका उनी बिहिवार राती शौचालय जा“दा बेहोस भएको र तुरुन्तै महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो। ‘उहा“को ३ छोरीमध्ये जेठी छोरी स“गै हुनुहुन्थ्यो। छोरीको बिहिबार नै जन्मदिन रहेछ। राती शौचालय जा“दा लडेपछी तुरुन्तै अस्पताल लगिए पनि बचाउन सकिएन’ अभिनेता तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले नेपाल समाचारपत्रलाई जानकारी गराए।
सन् १९५० अगस्टमा जन्ममिएका चन्दले रेडियो नेपालमा लामो समय समाचार सम्पादक तथा प्रसारकका रूपमा सेवा गरेका थिए। यसका साथै उनले जर्मनीको कोलोनस्थित रेडियो डोइचे वेलेमा समेत काम गरेका थिए। म्युनिख विश्वविद्यालयबाट जर्मन भाषा अध्ययन गरेका चन्दले सन् १९८२ देखि १९९७ सम्म गोएथे–इन्स्टिच्युट काठमाडौंमा जर्मन भाषा अध्यापन गराएका थिए। चन्द जर्मन, अ“ग्रेजी र नेपाली भाषामा अनुवाद कार्यमा सक्रिय रहनुका साथै जर्मन दूतावास काठमाडौंका लागि दोभाषेका रूपमा पनि कार्यरत थिए।
उनी जर्मन भाषा र संस्कृतिको प्रवद्र्धनमा पु¥याएको योगदानको कदरस्वरूप सन् २००८ मा तत्कालीन जर्मन राष्ट्रपति डा. होस्र्ट कोहलरबाट सम्मानित भएका थिए। उनको अमेरिकामा रहेका दुई छोरी नेपाल आएपछि आज आईतवार मात्र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।











प्रतिक्रिया