काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी निर्वाचनमा पूर्वी रुकुमबाट उम्मेदवारी दिने तयारीमा छन्। रुकुम पश्चिममा आयोजित पार्टी एकता सभालाई सम्बोधन गर्दै उनले चुनाव लड्ने लगभग निश्चित भएको संकेत गरे।
प्रचण्डले हेडक्वाटर सधैं जनताका लागि खुला रहने र शिक्षा, स्वास्थ्य, सडक तथा विकास निर्माणका काममा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। पूर्वी रुकुम माओवादीको गढ मानिँदै आएको क्षेत्र हो।
विभिन्न निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका प्रचण्डले यसपटक पूर्वी रुकुममा सशक्त उपस्थिती जनाउँदै स्थानीय विकासलाई प्राथमिकता दिने लक्ष्य लिएका छन्।











प्रतिक्रिया