काठमाडौँ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले विशेष महाधिवेशनलाई नीतिगत महाधिवेशनका रूपमा सीमित राखेर संकल्प प्रस्ताव मात्रै पास गर्नुपर्ने बताएका छन्।
शनिबार बत्तीसपुतलीमा आयोजित पत्रकार सम्मेलनमा उनले विशेष महाधिवेशनलाई पार्टी विभाजनतर्फ लैजान नहुने स्पष्ट गर्दै यसलाई सम्पूर्ण पार्टीको साझा कार्यक्रम बनाउन आग्रह गरे।
चार महिनापछि हुने नियमित महाधिवेशनका लागि कार्यकर्तालाई उत्साहित बनाउने खुराक दिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।











प्रतिक्रिया