काठमाडौं ।
नेपाली कांग्रेसले पूर्वमन्त्री तथा पार्टी नेता होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गरेको छ। आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो।
वरिष्ठ पत्रकारसमेत रहेका दाहालको उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको थियो। बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिएनन्। उनीहरू २७ र २८ गते हुने विशेष महाधिवेशनको घोषणा तथा तयारीमा जुटिरहेका छन्।











प्रतिक्रिया