उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० बोक्से चोकमा शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपालको ५ नं हेडक्वाटर गाईघाट बोक्सेले २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सचेतना मुलक सडक नाटक फर्केको पाइला प्रदर्शन गरेको छ ।
सशस्त्र प्रहरी बल ५ नं हेडक्वाटर उदयपुरद्धारा २५औं सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना मुलक सडक नाटक समाजमा व्याप्त लागु औषध दुव्र्यसनका कारण युवाहरुको भविष्य बिग्रदै गएको र उनीहरुलाई समाजमा पुर्नस्थापित गराएर सही बाटोमा हिडाउनु आजको आवश्यकता भएको सन्देश दिन र समाजमा सचेतना जगाउनकालागि फर्केका पाइला शिर्षकको सडक नाटक प्रस्तुत गरिएको सशस्त्र प्रहरी बल ५ नं हेडक्वाटरले जनाएको छ ।
उदयपुरमा लागुऔषध दुव्र्यसनबाट धेरै युवाहरु बिग्रिएको र स्कुल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु पनि यसबाट प्रभावित भएर देखासिकीले कुलतमा फस्ने गरेकोले चेतना अभिवृद्धिकालागि नाटक देखाइएको सशस्त्र प्रहरी बल ५ नं हेडक्वाटर उदयपुरले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काले उद्घोषण गरेको सो सडक नाटक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारहरु सशस्त्र प्रहरी सहायक निरीक्षक गोपाल खड्का, सशस्त्र प्रहरी हवल्दार सुनिता चौधरी,, सशस्त्र प्रहरी सहायक हवल्दार कृष्ण रुपाया ,(सुधारकेन्द्र टीम) सशस्त्र प्रहरी जवान दुर्गेस गिरीले अभिनय गरेका थिए ।
सो नाटकको भिडियो र भ्वाइस रेकर्ड ज्ञानेन्द्र बुढाथोकी, अमिक हिङ्माङ, रविना थापा मगरले गरेका थिए । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट तयार भएर प्राप्त भएको कथाबस्तुलाई सम्पादन गरेर नाटकीय रुप दिई उदयपुरमा मञ्चन गरिएको सशस्त्र प्रहरी जवान तथा नाटकको भिडियो बनाउने र स्वर भर्ने ज्ञानेन्द्र बुढाथोकीले बताए ।











प्रतिक्रिया