रुखबाट लडेर महिलाको मृत्यु


उदयपुर। 

उदयपुरकाे चाैदण्डीगगढी नगरपालिका वडा न ७को वसन्त पञ्चमी सामुदायिक वनमा  सोही ठाउँ घर भएकी ४२ वर्षकी एक महिलाको रुखबाट लडेर शुक्रवार बिहान ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएकाे जानकारी अनुसार शुक्रवार बिहान चाैद्ण्डीगढी ७ वसन्त पञ्चमी सामुदायिक वनमा चाैदण्डीगढी नपा ७ कि वर्ष ४२ कि नमिताा राई सुकेकाेे सालकाे रुखमा  चढेर दाउरा काट्ने क्रममा अचानक  लडेर घाइते भएकोमा दाउरा लिन गएका अरु साथीले देखपछि उपचारकालागि नयर अस्पताल बेल्टार लगिएकाेमा बिहान साढे नाै बजे डाक्टरले मृत घाेषणा गरेका थिए ।

 घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेल्टारबाट SOCO सहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।