काठमाडौँ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने भएका छन् ।
माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘एनआरएनए युथ इन द डेभलपमेन्ट अफ पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा सहभागी हुने चर्चा भए पनि भ्रमण तय नभएको मन्त्री सचिवालयले जनाएको छ ।
समय तालिका नमिल्नु र भिसा प्रक्रियासमेत सुरु नभएकाले अमेरिका भ्रमण नहुने भएको सचिवालयको भनाइ छ । मन्त्रिपरिषद्बाट अनुमति ढिलो आएको र भ्रमणका लागि आवश्यक तयारी नभएकाले यसलाई भ्रमण रद्द नभई तय नै नभएको कार्यक्रमका रूपमा बुझ्नुपर्ने सचिवालयले स्पष्ट पारेको छ ।











प्रतिक्रिया