ललितपुर ।
विष्णु कटुवाल र भोजबहादुर गुरुङ ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।
पुरुष एकलतर्फ सप्तरीका बिष्णुले पुलिसका नगेन्द्र लिम्बुलाई १८–२१, २१–१८, २१–१८ ले र एपीएफका भोजले पुलिसकै सुनिल जोशीलाई १४–२१, २१–९, २१–१८ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।
यसैगरी, पुलिसका जीवन आचार्य र पूर्ण थापा, आर्मीका बिधान अधिकारी, नरेन्द्र बम र प्रफुल महर्जन तथा एपीएफका क्षितिज खनाल पनि अन्तिम आठमा पुग्न सफल भए ।
यस्तै, यु १७ महिला एकल तर्फको खेलमा बालकुमारी रिमिक्सकी सिभिलिका गिरीले जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरिन् । गिरीले भैसेपाटी स्पोर्टस् एकेडेमीकी स्विकृती कार्कीलाई १९–२१, २१–१७, २१–९ ले पराजित गरेकी हुन् । ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा प्रतियोगिता जारी छ ।











प्रतिक्रिया