ढाका गोलीकाण्ड : बीएनपी नेता अजिजुर मुसब्बिरको हत्या, महासचिव घाइते


ढाका।

बङ्गलादेश। राजधानी ढाकामा बुधबार राति बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता अजिजुर रहमान मुसब्बिर गोली हानाहानमा घाइते भई मृत्यु भएका छन्। घटनामा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद पनि घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीहरूले बसुन्धरा मार्केट पछाडिको गल्लीमा मुसब्बिर र मसूदमाथि गोली चलाएका थिए। मुसब्बिरलाई बीआरबी अस्पताल लगिँदा चिकित्सकले मृत घोषणा गरेका थिए भने मसूदलाई उपचारका लागि ढाका मेडिकल कलेज पठाइएको छ।

घटनापछि स्थानीय बिएनपी सदस्यहरू विरोध प्रदर्शनमा उत्रेका थिए। राजनीतिक विश्लेषकहरूले फेब्रुअरी १२ मा हुने राष्ट्रिय निर्वाचनअघि बङ्गलादेशमा राजनीतिक तनाव र हिंसा बढ्न सक्ने चेतावनी दिएका छन्।