कांग्रेसको विवाद चुलिँदा देउवालाई कोइराला–रिजालको दबाब


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजालले पार्टीलाई एकताबद्ध राख्न पहल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बिहीबार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा नेताद्वयले कांग्रेसभित्र देखिएको मतभेद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन भूमिका खेल्न सुझाएका हुन् ।

भेटपछि डा. रिजालले पार्टी एकताबद्ध रहोस् भन्ने उद्देश्यले सुझाव दिइएको र आफूहरू कुनै पक्षको समर्थनमा नरहेको बताए । विशेष महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र विवाद चर्किरहेका बेला नेताद्वयले नेतृत्वलाई संयम र पहलका साथ अघि बढ्न आग्रह गरेका हुन् ।