अमेरिकाको आक्रमणमा १०० जनाको मृत्यु, भेनेजुएलामा एक हप्ता शोक मनाइने


काठमाडौं ।

अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हवाई आक्रमणपरी करिब १०० जनाको मृत्यु भएको भेनेजुएलाका सरकारी प्रतिनिधिहरूले जानकारी दिएका छन्। भेनेजुएलाका गृहमन्त्री डियोसदादो काबेलोका अनुसार शनिबार भएको आक्रमणमा राष्ट्रपति निकोलस मादुरोको सुरक्षा टोली तथा अन्य व्यक्तिहरू मारिएका छन्।

तर यथार्थ मृतक संख्या र विवरणबारे अन्तरराष्ट्रिय संचारमाध्यमहरुमा भिन्न भिन्न विवरण आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शनिबार राति अपरेसन एब्सोल्युट रिजोलभ नामक सैन्य अभियानका क्रममा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिसिलिया फ्लोरेसलाई पक्राउ गरिएको दाबी गरेको छ। अमेरिकी अधिकारीहरूको अनुसार उनीहरूलाई न्यूयोर्क सिटी ल्याएर अमेरिकी अदालतमा मुद्दा चलाइँदै छ, जहाँ मादुरोले ड्रग तस्करी, हतियार र अन्य फौजदारी आरोपहरू अस्वीकार गर्दै ‘नट गोहरी’(दोषी होइन) भनेका छन्।

तर भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेज लगायत सरकारका नेताहरूले मादुरो र पहिलो महिलाको ‘जीवित रहेको प्रमाण’ देखाउन अमेरिकी पक्षलाई अनुरोध गरेका छन् र अमेरिकामाथि अवैध सैन्य कारबाहीको आरोप लगाएका छन्। भेनेजुएलामा अहिले के भइरहेको छ भेनेजुएलाको सैन्य तथा सुरक्षा संरचनामा विभाजन देखिएको छ । केही सेनाले अस्थायी रूपमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति को रूपमा मान्यता दिएको छ।

देशभित्र राजनीतिक अस्थिरता, भय तथा सामाजिक तनाव बढेको छ। नागरिकहरूमा खाद्यान्न र आवश्यक वस्तुका लागि खोजी, बैंकिङ प्रणाली अवरुद्ध र जीवनयापन कठिन भएको रिपोर्ट छन्। अन्तर्राष्ट्रिय समुदायमा पनि विवाद छ – रूस, चीन र केही अन्य मुलुकहरूले अमेरिकाको कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र राष्ट्रघाती आक्रमण भनेका छन्। संयुक्त राष्ट्र महासचिव, विभिन्न क्षेत्रीय संगठन र केही देशहरूले संवाद तथा कूटनीतिक समाधान को माग गरेका छन्।

विश्वका कतिपय देश र नेताहरूले अमेरिकाको कार्रवाईलाई सर्वस्व कानुनी आधार र वैधता को खाँचो रहेको बताएका छन्। विश्लेषकहरूले भेनेजुएलामा दीर्घकालीन अस्थिरता, विभाजित सरकार, सामाजिक सङ्कट र सम्भावित मानवतावादी समस्याहरू आउने संभावना औँल्याएका छन्। राजनीतिक शक्ति सन्तुलन, तेल स्रोत रणनीति र क्षेत्रीय सुरक्षा सम्बन्धी जटिलता समाधान हुने बाटो अहिले अस्पष्ट देखिन्छ।