कांग्रेस नेताहरू कार्यसम्पादन बैठकका लागि सानेपा पुगे (तस्बिरहरु)


काठमाडौँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टी महाधिवेशनसम्बन्धी विवादबारे छलफल भइरहेको छ।

विशेष महाधिवेशनको तयारीप्रति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ।

मंगलबारको बैठकमा महामन्त्री थापा तथा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए। आजको बैठकका लागि नेताहरू सहभागी हुन क्रम जारी छ।