काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्न सैन्य विकल्प समेत प्रयोग हुन सक्ने संकेत दिएका छन्।
ह्वाइट हाउसले ग्रीनल्याण्डलाई ‘राष्ट्रिय सुरक्षाको प्राथमिकता’ भन्दै विभिन्न विकल्पमाथि छलफल भइरहेको जनाएको छ। तर डेनमार्क र अन्य युरोपेली राष्ट्रहरूले यस कदमको कडा विरोध गर्दै ग्रीनल्याण्डको भविष्य त्यहाँका जनता र डेनमार्कले मात्र निर्णय गर्न पाउने बताएका छन्।
डेनमार्ककी प्रधानमन्त्रीले अमेरिकी आक्रमण भए नेटो गठबन्धन नै संकटमा पर्ने चेतावनी दिएकी छन्।











प्रतिक्रिया