काठमाडौँ ।
राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग पनि तालमेल गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि नेकपा तालमेलबाट बाहिरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका नेता रमेश लेखकका अनुसार तीन दलबीच सिट बाँडफाँटसमेत टुंगिएको छ । सहमतिअनुसार कांग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले १ सिट लिनेछन् । क्लस्टरसमेत तय भइसकेको लेखकले जानकारी दिए ।
यसैगरी जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने सहमति भएको नेताहरूले बताएका छन् ।











प्रतिक्रिया