काठमाडौँ ।
सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमा पूर्णस्तरीय आक्रमण सुरु गरेकोदेखि अहिलेसम्म उद्धृत तथ्यांकले देखाउँछन् कि यो युद्धले दुबै पक्षको मानवता र आर्थिक संरचनालाई गहिरो चोट पुर्याएको छ। पछिल्ला विश्लेषण र आधिकारिक दाविअनुसार युद्धको मानवीय र सामरिक क्षति उल्लेखनीय रूपमा तीव्र रूपमा बढेको छ। मानव क्षति रुस–युक्रेन युद्धमा सैनिक हताहतहरूको वास्तविक संख्या सटीक रूपमा पत्ता लगाउन कठिनाइ छ।
तर नयाँ तथ्यांक अनुसार, रुसको २४ फेब्रुअरी २०२२ देखि हाल सम्म करीब २ लाख १० हजारभन्दा बढी सैनिकहरू मारिएको तथा घाइते भएको तथ्याङ बाहिरिएको छ । जसमा दैनिक हजारभन्दा बढी हताहतहरू सामेल छन्। युद्धका कारण युक्रेनका लागि संख्या केही कम देखिए पनि अत्यन्तै उच्च रहेको छ । युक्रेनले अहिलेसम्म ४०देखि ४५ हजार सैनिकको मृत्यु भएको दावी गरेको छ भने लगभग १५ हजारभन्दा बढी नागरिकहरुको मृत्यु भएको बताएको छ ।
रुसमा करिब ७ हजार नागरिकको मृत्यु भएको दावी गरिएको छ । यी मृत्युहरू सरकारी र बाह्य स्रोतहरूबाट संकलित डेटा अनुसार आधारित छन्। यो युद्धमा नागरिकहरूलाई लक्षित गर्दै बमबारी, ड्रोन हमला र ऊर्जा संरचनामा प्रहारले आपसी जनजीवनमा समेत ठूलो क्षति पुर्याएको तथ्यांकले संकेत गरेको छ। यसै वर्षमा मात्रै रूसले ओडेसामा ड्रोन आक्रमण गर्दा २ हजार ३०० भन्दा बढी नागरिक मारिएका र ११,००० भन्दा बढी घाइते भएको दावी गरिएको छ ।
सैन्य सामग्री र उपकरणको विनाश युद्धका क्रममा दुबै पक्षले भारी सामरिक हताहत भोगेका छन्। रुसको ११ हजार भन्दा बढी ट्यांकहरू, २३ हजारभन्दा बढी बिल्ले गाडीहरू, ३५ हजारभन्दा बढी तोपखाना तथा ९९ हजार ड्रोनहरू नष्ट भएका छन्। यसैगरी ४३४ विमान, ३४७ हेलिकोप्टर, ४,१३७ क्रुज मिसाइलहरू समेत नष्ट भएको दावी गरिएको छ । युक्रेनले पनि युद्धमा ठूलो सैन्य सामग्रीको क्षती व्यहोर्नु परेको छ । करिब ५,४२३ ट्यांकहरू, १० हजार ८ सय ६९ बिल्ले गाडीहरू, १९२ विमान र ३५ पनडुम्वीहरू नष्ट भएका बताइएको छ।
यी तथ्यांकले युद्धका सामरिक क्षतिको ठोस तस्बिर प्रस्तुत गर्छन्, जसले अन्तर्राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरतालाई दीर्घकालीन रूपमा असर गर्ने देखिन्छ। युद्धले नागरिक, प्रशासनिक तथा आर्थिक संरचनाहरूमा ठूलो विनाश ल्याएको छ। विश्व बैंक र संयुक्त राष्ट्रलगायत संस्थाहरूले अनुमान गरेका तथ्यांक अनुसार युक्रेनले पूर्ण पुनर्निर्माणका लागि ४०० बिलियन अमेरिकी डलरभन्दा बढी खर्च आवश्यक पर्ने छ। युद्धले युक्रेनको स्वास्थ्य, शिक्षा र सामाजिक संरचनामा समेत करोडौँ डलरको क्षति पुर्याएको छ। आर्थिक विश्लेषकहरूले अनुमान गरेका छन् कि कुल आर्थिक लागत ४१ ट्रिलियन अर्थात् १००० अर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने सम्भावना समेत रहेको छ।
रुस पनि यस युद्धको आर्थिक बोझमा स्वतन्त्र छैन। सैन्य खर्च, प्रतिबन्ध र तेल तथा ऊर्जा क्षेत्रका घाटाले रूसी अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गरेको छ। अनुमानअनुसार प्रारम्भिक वर्षहरूमा रुसले सिंगो जिडीपीको ठूलो हिस्सा सैन्य र आर्थिक हानिमा खर्च गरेको तथ्यांकले देखाउँछ। युद्धका कारण युक्रेनमा १० दशमलव ६ मिलियनभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमा ठूलो हिस्सा आन्तरिक विस्थापन र अन्तर्राष्ट्रिय शरणार्थीका रूपमा रहेका छन्।
सबैभन्दा ठूलो जनसंख्या विस्थापन युक्रेनमा भएको तथ्यांकले औँल्याउँछ। अर्थव्यवस्था मात्र होइन, सामाजिक संरचना र जनजीवन पनि गम्भीर जोखिममा परेको छ। लाखौँ मानिस बेरोजगार भएका, ग्रामीण अर्थतन्त्र विघटन भएको र परिवारहरूको जीवनशैली परिवर्तन भएको देखिन्छ। डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले शान्ति स्थापना प्रयासहरूलाई प्राथमिकता दिएको छ। तर तथ्यांकअनुसार, पछिल्लो एक वर्षमा मृत्युदर र आक्रमण दुवै बढेका छन्।
रुस र युक्रेनबीच शान्ति वार्ताहरु निरन्तर असफल हुँदै आएका छन् भने दुवै पक्षका नेताहरूले आफन्त नीति र रणनीतिहरूलाई पुनः परिभाषित गर्दै आएका छन्। रुस–युक्रेन युद्धले केवल सैनिक जित वा हारको कुरा मात्र होइन, मानव, सामाजिक, आर्थिक र संरचनात्मक विनाशको एउटा विशाल चित्र देखाएको छ।
हजारौँ मृत्युदर, लाखौँ घाइते, लाखौँ विस्थापित, अबैतनिक आर्थिक बोझ र सामग्री विनाशले यो विवादलाई मात्र समाप्त गर्दैन, यो एक दीर्घकालीन पुनर्निर्माण, शान्ति वार्ता र रणनीतिक परिष्कारको आवश्यकता निर्माण गर्छ। तर अहिलेसम्म युद्ध निरन्तर जारी रहँदा यी मानवीय र आर्थिक प्रतिबिम्बहरू अझै गहिरो भएको देखिन्छ । जसले युद्धका वास्तविक मूल्यलाई संसारका आँखामा प्रत्यक्ष रूपमा प्रस्तुत गरेको छ।











प्रतिक्रिया