एमाले सचिवालय बैठक सुरु, राष्ट्रियसभा उम्मेदवारबारे छलफल


काठमाडौँ ।

नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार र नेताहरूको कार्यविभाजनबारे छलफल हुने बताइएको छ।

निर्वाचन नजिकिएकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने तयारी एमालेको छ।