काठमाडौं ।
टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले नवौं एनभिए भलिबल च्याम्पियनसिपको उपाधि शनिबार जितेको छ ।
त्रिभुवन आर्मी क्लबलाई फाइनलमा ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल विजेता बनेको हो । २५–२१, २५–२१, २५–२१ ले विजयी भएको टोलीले यसपटक खेलेका ५ वटै खेलमा कुनै सेट गुमाउनु परेन ।
हेल्प नेपाल र आर्मीले योसमेत गरी लगातार चौथो पटक च्याम्पियनसिपको फाइनल खेलेका हुन् । जसमा, छैटौं संस्करण २०७८ मा आर्मी विजेता बनेको थियो । तर, यसपछि भने हेल्प नेपालले लगातार तीन पटक (२०७९, २०८० र २०८२) जितेर उपाधिको ह्याट्रिक ग¥यो । ।
न्यु डायमण्ड ४ वर्षपछि विजेता
टिप टप हेल्प न्यु डायमण्ड युथ स्पोर्टस क्लबले च्याम्पियनसिपअन्तर्गत् महिलातर्फको उपाधि जित्यो । न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई सोझो तीन सेटमा हराएको थियो । शनिबार भएको फाइनल खेल न्यु डायमण्डले २५–१८,२ ५–१९,२५–१८ ले जितेको थियो ।
न्यु डायमण्ड पनि हेल्प नेपाल झैं यसपटक कुनै सेट नगुमाई बिजेता बन्यो । साथै न्यु डायमण्डले ४ वर्षपछि च्याम्पियनसिपको उपाधि जितेको हो । यो टोलीको तेस्रो फाइनलमा दोस्रो पटकको उपाधिसमेत थियो ।
यसअघि २०७८ सालमा विजेता बनेको न्यु डायमण्ड अर्कोे वर्ष २०७९ को फाइनलमा पुुलिससँग पराजित भएको थियो । यस वर्ष भने पुलिससँग बदला लिँदैं उपाधि जितेको छ ।
च्याम्पियनसिपअन्तर्गत् पुलिस पुरुषतर्फ र र नेपाल एपीएफ क्लब महिलातर्फ तेस्रो भए । यी टोलीहरूले समान १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे् । यस्तै, पहिलो हुने टोलीहरू हेल्प नेपाल र न्यु डायमण्डले समान ५ लाख तथा दोस्रो हुने टोलीहरूले समान २ लाख ५० हजार नगद पुरस्कार हासिल गरे ।











प्रतिक्रिया