रसुवा।
गृह मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय रसुवा देशभरकै दोस्रो स्थानमा परेको छ।
मन्त्रालयले सार्वजनिक गरेको मूल्यांकन नतिजा अनुसार कुल २९.२५ अंकमध्ये २८.६८७५ अंक प्राप्त गर्दै रसुवा प्रशासन कार्यालय दोस्रो स्थानमा परेको हो।
रसुवा प्रशासन कार्यालयको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजेश पन्थिले गरिरहेका छन्। गृह मन्त्रालयमा कार्यरत उपसचिव पन्थी गत भदौ महिनामा जिल्ला प्रशासन कार्यालय रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका हुन्।
रसुवा उपसचिव स्तरको प्रमुख जिल्ला अधिकारी रहने जिल्ला हो। मूल्यांकन नतिजा अनुसार पहिलो स्थानमा मनाङ जिल्ला प्रशासन कार्यालय रहेको छ भने तेस्रो स्थानमा तेह्रथुम जिल्ला प्रशासन कार्यालय परेको छ।
हिमाली जिल्ला रसुवा पर्यटकीय हिसाबले पनि महत्वपूर्ण मानिन्छ। देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये रसुवाले दोस्रो स्थान हासिल गर्नु उल्लेखनीय उपलब्धि भएको बताइएको छ।











प्रतिक्रिया