मूर्तिकार राजेश अवालेको आत्मवृत्तान्त बजारमा


ललितपुर।

वरिष्ठ धातु मूर्तिकार राजेश अवालेको जीवनी समेटिएको अक्षरमा सात दशक कुम्हालेको चक्रः माटो र जीवन नामक आत्मवृत्तान्त बजारमा आएको छ ।
नानीहेरा शाक्यद्वारा लिखित सो पुस्तकको ललितपुरमा आयोजित एक समारोहकाबीच नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली र ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य लगायतले सो पुस्तकको लोकार्पण गरे।

पुस्तकमा अवालेको बाल्यकाल युवावस्था, मूर्तिकला क्षेत्रमा स्थापित हुनका लागि गरिएका संघर्षका गाथाहरु लगायत विविध विषयलाई समेटिएको छ।ललितपुरको परम्परागत नेवाः समाजमा जन्मिएका अवालेले आफू जन्मिएको परिवेश, हुर्किएको समाजबाट क्रमशः मूर्तिकार रुपमा बदलिएको भन्ने विषयलाई सजीव तरिकाले पुस्तकमा उल्लेख गरिएको छ।