काठमाडौँ।
विभिन्न माग अघि सार्दै अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या देखिएको छ।
माइतीघर मण्डलामा नौ दिनदेखि अनसनरत भुसालको अवस्था कमजोर बन्दै गएपछि नेपाल चिकित्सक संघको पहलमा उनलाई उपचारका लागि वीर अस्पताल लगिएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरूको टोलीले स्थलमै प्रारम्भिक जाँच गरेको थियो। जाँचका क्रममा थप उपचार आवश्यक देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको संघले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा भएको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने तथा विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग राख्दै भुसाल अनसनरत थिए।











प्रतिक्रिया