राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता


काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) बीच लामो समयदेखिको विभाजन अन्त्य गर्दै पार्टी एकता भएको छ ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएसँगै राजावादी तथा राष्ट्रवादी शक्तिहरू एकीकृत भएका हुन् । काठमाडाैंमा बुधबार एक कार्यक्रमकाबीच दुवै पार्टीका अध्यक्षहरू लिङदेन र थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरेका छन् । यसअघि यही पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

२०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए । ४ वर्षपछि भएको यो एकताले आगामी प्रतिनिधि सभा निर्वाचनअघि राजावादी मतहरू एकीकृत गर्ने अपेक्षा गरिएको छ।