त्रिविको शिक्षा शास्त्र संकायको प्रश्नपत्र प्रकरण: प्रश्नपत्र निर्माणदेखि मोडेरेशन गर्नेमाथि कारबाही हुने

परीक्षा स्थगित गर्न दबाब

564
Shares

काठमाडौं । 

त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह(एमएड) दोस्रो सेमेस्टर शिक्षा तथा विकास विषयको ७ वटा प्रश्नपत्र हुबहु दोहोरिएको विषयमा प्रश्नपत्र निर्माणदेखि मोडेरेशन गर्ने शिक्षकमाथि समेत कारबाही गर्ने तयारी भएको छ ।

  त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले प्रश्नपत्र दोहोरिएको विषय गम्भीर त्रुटि भएको बताउँदै सो प्रश्नपत्र निर्माणकार्यमा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।

  पश्नपत्र हुबहु आएको विषयमा नेपाल समाचारपत्रले प्रश्नपत्रसहित समाचार प्रकाशित गरेको थियो । लगत्तै शिक्षाशास्त्र संकाय डीनको कार्यालयमा बसेको बैठकले छानबिन समिति गठन गरेको छ । स्रोतका अनुसार उपकुलपति प्राडा अर्यालले करिब ७ हजार विद्यार्थी सहभागी परीक्षाको गतवर्षकै प्रश्नपत्र दोहोरिएपछि पुनः परीक्षा लिन परीक्षा प्रमुख एवं रेक्टर प्राडा केदार रिजाललाई निर्देशन दिएका छन्  ।

 सकभर पुनः परीक्षा हुन्छ , यदि त्यसो नभएमा प्रश्नपत्र निर्माण र मोडेरेशन गर्नमाथि कारबाही गर्ने तयारी गरेको छ–स्रोतले भन्यो ।  शिक्षाशास्त्र संकायका डीन प्राडा वेदराज आचार्यले प्रश्नपत्र दोहोरिएको विषय सञ्चालमाध्यममा समाचार आएपछिमात्र आफूलाई जानकारी भएको बताए । उनले भने –परीक्षा सकिएको  करिब दुईसातापछिमात्र जानकारी पाए , त्यसमा हाम्रो गम्भीर गल्ती भएको छ । उनका अनुसार सो विषयमा छानबिन गर्न समिति गठन भएको छ । उनले गोप्यताको कारण समितिको नाम भन्न नमिल्ने बताए ।

 ७–७ वटा प्रश्नपत्र हुबहु आउदापनि डीन आचार्यले ३ वटामात्र हुबहु आएको दोहो¥याइरहेका छन्  । उनले यस विषयमा सम्बन्धित सबैसँग सोधपुछ गरी समिति गठन गरेको जानकारी दिए ।

 उपकुलपति प्राडा अर्यालले यसविषयमा प्रतिवेदन आएपछिमात्र थप कारबाही हुने बताए । सो विषयमा जानकारी लिन रेक्टर प्राडा अर्याललाई सम्पर्क गर्दा मोबाइल स्विच अफ गरिएको थियो ।

शिक्षा तथा विकास विषयको कोड नम्बर ५३३ को प्रश्नपत्र गतवर्ष २०८१ सँग अधिकांश प्रश्न हुबहु रहेको छ । बिसं २०८१को परीक्षाको ०८२ सालमा  ग्रुप बी को ७ वटा प्रश्नपत्र दोहोरिएको थियो ।  

 विगत लामो समयदेखि अघिल्ला वर्षमा पनि प्रश्नपत्र दोहोरिएको भन्दै त्रिविको आलोचना हुनेगरेको  थियो । मंसिर २८ गते सम्पन्न परीक्षाको प्रश्नपत्र हुबहु भएको विषयमा विद्यार्थीलाई बल्ल थाहा पाउन थालेका छन् । केही विद्यार्थी पुनः परीक्षा हुनुपर्ने पक्षमा छन् भने केही चुपचाप छन् । त्रिवि केन्द्रीय क्याम्पस अध्ययन गर्नेलाई सजिलो भएको होला,देशैभरका क्याम्पसबाट परीक्षा दिएका विद्यार्थीलाई ठुलो समस्या भएको छ ।

प्रश्नपत्र आउट,परीक्षाको मर्यादा उल्लङ्घन भएको अवस्था, बारम्बार एकै व्यक्तिको अधीनमा प्रश्न निर्माणको जिम्मा रहेको कारण समस्या भएको हो । डीन कार्यालयमा  प्रश्न बैठक नहुनु, एक–दुईसेट प्रश्नमात्र बनाएर परीक्षा लिनु, प्रश्नपत्र मोडरेसनमा एकसेटको जम्मा कर कटाएर ६५० रुपियाँ  व्यवस्था गर्दापनि लापरबाही बढेको स्रोतको भनाई छ ।

 ३ जनाले मोडरेसन गर्दा एकको भागमा २०० मात्र हुने हुँदा विज्ञको पनि लापरबाही देखिएको छ । पहिले प्रकाशित प्रश्न हो वा होइन भन्ने नहेर्ने र एक वर्ष भन्दा पहिला मोडरेसन गरेका प्रश्न रिमोडरेसन नगरी प्रयोग गर्नुले यस्ता घटना दोहरिएको स्रोतको भनाई छ । प्राप्त जानकारी अनुसार २०७९ मा प्रश्न निर्माणकर्ताले बुझाएको प्रश्न रिमोडरेसन नगरी २०८१ र ०८२ मा सोधिएको देखिन्छ ।

यसअघि पनि यस्तै प्रकृतिको घटनामा प्रा होमनाथ भट्टराईमाथि कारबाही भई उनलाई विषय समितिको अध्यक्ष पदबाट वर्खास्त गरी  पुनः परीक्षा लिइएको  नजिर छ । स्रोतले नेपाल समाचारपत्रसंग भन्यो– यति स्पष्ट रूपमा प्रश्नपत्र बाहिरिएको अवस्थामा अब के गर्ने ?विगतको नजिर अनुसार छानबिन र आवश्यक कारबाही अघि बढाउनुपर्छ । उपकुलपति प्राडा अर्यालले भने–समिति बनाएर छानबिन गर्न  र गलत गर्नेमाथि कारबाही गर्न निर्देशन दिनेछ ।