उदयपुर।
उदयपुरका विभिन्न पालिकाका वडाका गाउँहरुमा केही दिनदेखि जंगली हात्तीको समूहले गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि गाउँलेहरु त्रसित भएका छन । उदयपुरको उदयपुरगढी गाँउपालिका वडा नं.७ नाङ्ग्राङे गाउँमा मंगलबार मध्यरातमा जंगली हात्तीले तीन घरमा क्षती गरेको छ ।
हात्तीले गाउँमा पसेर घर गोठ भत्काउने बाली नाली फलफूल नष्ट गर्ने लगायतका हर्कत गर्ने गरेकोले स्थानीय मानिसहरु त्रसित हुँदै प्रहरी प्रशासन गुहार्न बाध्य भएका छन् ।
मंगलबार बिहानको १ः०० बजे नजिकै जङ्गलबाट ४ वटा जङ्गली हात्तीहरू आई सोही स्थान बस्ने तीन जना मानिसहरूको घर तथा भान्सा घर भत्काई अन्नपात र केरा बोट नष्ट गरी २,९१,०००।( बराबरको क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उदयपुरगढी गाँउपालिका वडा नं ७ नाङ्ग्राङे गाउँमा बस्ने जस राना मगरको १,५०,००० । बराबरको, सोही स्थान बस्ने टेक बहादुर मगरको रु.६१,००० । बराबरको क्षति भएको छ ।
यसैगरी सोही स्थान बस्ने नेत्र केप्छाकी मगरलको २०० बोट केरा नष्ट गरी . ८०,०००। बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उक्त हात्तीहरुलाई नेपाल प्रहरी र स्थानीयबासीहरुको सहयोगमा मंगलबार राती नै जङ्गलतर्फ लखेटिएको थियो ।
साथै, यस अघि यही पुस ७ गते देखी हालसम्म त्रियुगा नगरपालिका वडा नं. ६, ७ र उदयपुरगढी गाँउपालिका वडा नं. ७ का बस्तीहरुमा जंगली हात्तीहरु पसी . ३,१०,०००।– बराबरको पु¥याएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया