ग्यास बोकेको बुलेट ट्यांकर पल्टिँदा अवरुद्ध भएको राजमार्ग अझै खुल्न सकेन

7.61k
Shares

रौतहट ।

 ग्यास बोकेको बुलेट टयाकर पल्टिदा अवरुद्ध भएको पूर्व-पश्चिम  राजमार्ग संचालनमा आउन २४ घण्टा लाग्ने भएको छ । बुलेट बाट ग्यास लिक भएको र ब्यबस्थाापन गर्ने साधन नभएको कारण समयमै राजमार्ग नखुल्दा गन्तव्यमा हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।

 मङ्गलबार बिहानैदेखि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग साझसम्म संचालन हुने स्थीति नदेखिए पछि यात्रुहरु निराश भएका हुन । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित लमाहा बनक्षेत्रको राजमार्ग ढाकिने गरी पल्टिएको नोबेल ग्यास कम्पनीको एलपीजी ग्यास बोकेको बुलेट उठाउन अनेकन प्रयत्न गरेपनि उठाउन नसक्दा गन्तव्यमा हिँडेका सबार यात्रुको बिजोग भएको हो ।

 भारतको रक्सौलबाट एलपीजी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्यांकर मङ्गलबार बिहान पल्टिदा ट्यांकर चालक भारतको कदोरा, जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् । घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 ट्यांकर पल्टिएपछि ग्यास लिक हुन थालेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले राजमार्गको दुबै तर्फ सवारी आवागमन रोक लगाएपछि गन्तव्यमा हिँडेका सबार यात्रुहरु बिचल्लीमा परेका हुन ।  सुरक्षाका लागि प्रहरी तथा सम्बन्धित निकाय घटनास्थलमा खटिएका छन् भने ग्यास लिक नियन्त्रण बाहिर रहेको छ । पल्टिएको बुलेटलाई खाली गर्न पछाडी रहेको भल्ब खोलेर खाली गर्न दुर्घटनास्थल नजिकै रहेको ३३ केभी र हाईटेन्सन लाइनको बिधुत आपूर्ति बिधुत प्राधिकरणले समयै नकाटिदिएका कारण पल्टिएको बुलेट उठाउन कठिनाई भएको जनाइएको छ । राजमार्गमा पल्टिएको ट्यांकर हटाउने कार्यमा लागिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्गले बताइन ।