लमजुङ।
तमु ल्होसार २०८२ को अवसरमा लमजुङमा क्रियाशील तीन जना तमु सञ्चारकर्मी सम्मानित भएका छन् ।
तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाईले तमु समदायबाट सञ्चार क्षेत्रमा सक्रिय रही समुदायको समृद्धिका लागि पुर्याएको योगदानको कदर गर्दै सञ्चारकर्मीलाई दोसल्ला ओढाएर सम्मानपत्र र मायाको चिनोले सम्मान गरेको हो ।
सम्मानित हुनेमा २०६४ सालदेखि सञ्चार क्षेत्रमा क्रियाशील रेडियो मर्स्याङदीका निर्देशक मिना गुरुङ रहेकी छन् । यसैगरी नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका लमजुङ संवाददात, रेडियो मर्स्याङदीका गुरुङ समाचार बाचिका, कार्यक्रम प्रस्तोता खुशीमाया गुरुङ सम्मानित भएकी छन् ।
त्यस्तै २०६१ सालदेखि विभिन्न सञ्चार गृहमा आबद्ध भई निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष एवं कान्तिपुर दैनिकका लमजुङ सम्वांददाता आश गुरुङ सम्मानित भएका हुन् ।
तिनै जना सञ्चारकर्मीलाई कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिका प्रमुख गुमान सिहं अर्याल र तमु ह्युला छोंज धी गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाईका अध्यक्ष क्याप्टेन मिलवहादुर गुरुङले सम्मान प्रदान हरेका हुन् ।
कार्यक्रमको सञ्चालन इकाईका सचिव सुवेदार कृष्णबहादुर घलले गरेका थिए ।











प्रतिक्रिया