काठमाडौ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुरक्षाको प्रत्याभूति नभएसम्म तोकिएको मितिमा निर्वाचन हुन नसक्ने बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले फागुन २१ मा तोकिएको निर्वाचन हुने अवस्था छ कि छैन भन्ने गम्भीर प्रश्न उठाए।
कोइरालाले लोकतन्त्रमा विश्वास गर्ने दल चुनावबाट नभाग्ने तर सरकारले शान्ति सुरक्षाको सुनिश्चितता गर्नुपर्ने बताए। हाल पुलिस प्रशासनको मनोबल कमजोर भएको, हजारौं कैदी फरार र सयौं बन्दुक लुटिएको उल्लेख गर्दै उनले ती सबै तत्काल फिर्ता गरिनुपर्ने माग गरे।
उनले भदौ २३ गतेको घटनामा भएको दमनको निन्दा गर्दै भदौ २४ गतेको घटनाबारे समेत गम्भीर प्रश्न उठाएका छन्। निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन गराउन सुरक्षा नै मुख्य आधार भएको उनको भनाइ छ।











प्रतिक्रिया