पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटघाट


काठमाडौँ।

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटघाट भएको छ। मंगलबार यादव र भण्डारीबीच भेटवार्ता भएको हो।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएकाे सचिवालयले जनाएकाे छ ।

यादव नेपालका प्रथम राष्ट्रपति हुन् भने भण्डारी नेपालकी पहिलो महिला राष्ट्रपति हुन्।