मिडिया कपमा कलाकार समिति च्याम्पियन

282
Shares

ललितपुर ।

ललितपुर महानगरपालका वडा न १६ कलाकार समितिले तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

कलाकार समितिले शनिबार भएको फाइनलमा राष्ट्रिय फोटो पत्रकार समूहलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मैदानमै पुगेर फाइनल खेल हेरेका थिए ।

फाइनलको निर्धारीत समयको खेल १–१ ले बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । निर्धारीत समयमा कलाकार टिमका युजेश श्रेष्ठ र लोकेश लिम्बुले गोल गरेका थिए ।यसअघि सेमिफाइनलमा ललितपुर वडा १६ कलाकार समितिले आयोजक नेवाः पत्रकार राष्ट्रिय दबू र फोटो पत्रकार टिमले राष्ट्रिय समाचार समिति (रासस) लाई हराएका थिए ।

आठ टिम सहभागी प्रतयोगितामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), तामाङ पत्रकार संघ, बोधिचर्या नेपाल र आर्दश विद्या मन्दिर (एभिएम) समूह चरणबाटै बाहिरिएका थिए ।सो प्रतियोगितामा विजेता टिमका युजेश ९ गोलसहित सर्वाधिक गोकलर्ता बनेका थिए । यसैगरी एभिएमका नवीन महर्जन उत्कृष्ट गोलरक्षक र फोटो पत्रकार टिमका लोकेश सर्वश्रेष्ठ खेलाडी छनोट भएका थिए ।

प्रतियोगिताअन्तर्गत नेवाः पत्रकार राष्ट्रिय दबू र नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरबिच महिलाप मैत्री फुटसल खेल पनि खेलिएको थियो । जसमा ललितपुरको महिला पत्रकार टोली टाइब्रेकरमा २–१ ले विजयी भएको थियो ।ललितपुर महानगरपालिका वडा ५ का अध्यक्ष विकासमान श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ फोनिजका अध्यक्ष लकी चौधरी, एभिएमकी प्रिन्सिपल सुजिता मानन्धरलगायत विजेता टिम तथा उपविजेता खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

नेवाः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको ११० औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गरेको हो । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापकको पहिचान दिनुपर्ने अभियानअन्तर्गत फुटसल प्रतियोगिता हरेक वर्ष आयोजना गर्दै आएको बताए ।