ग्यास बोकेको ट्यांकर पल्टिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

4.04k
Shares

रौतहट ।

ग्यास बोकेको टयाकर र्दुघटना हुदा मङ्गलबार बिहानै देखि पूर्व–पश्चिम राजमार्ग अबरुद्ध घएको छ । राजमार्ग अबरुद्ध भएको कारण गन्तब्य जान हिडेका यात्रुहरुले सास्ती खेप्नु परेको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित लमाहा बनक्षेत्रको राजमार्गमै ग्यास बोकेको ट्यांकर पल्टिएको हो ।

भारतको रक्सौलबाट एलपीजी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्यांकर मङ्गलबार बिहान पल्टिदा यांकर चालक भारतको कदोरा, जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् । घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्यांकर पल्टिएपछि ग्यास लिक हुन थालेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले राजमार्गको दुबै तर्फ सवारी आवागमन रोक लगाएको छ । सुरक्षाका लागि प्रहरी तथा सम्बन्धित निकाय घटनास्थलमा खटिएका छन् भने ग्यास लिक नियन्त्रण र ट्यांकर हटाउने कार्य भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।